कला


‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १०:१३, काठमाडौँ

‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब जापानका किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कुसँग ओसाका शहरमा भिड्ने भएका छन् । नेपाल र जापानबीच हुने ‘के वन क्रस १७५’ प्रतियोगिता  यही जेठ ४ गते जापानको ओशाका शहरमा आयोजना हुँदैछ।

‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ। प्रतियोगिताका  लागि बक्सर अविरले थाइल्याण्डको फुकेट शहरस्थित टाइगर मोथाई क्लवमा करिव डेढ महिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएर फर्किनुभएको पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरे जानकारी दिए। 

किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल भएको अवसरमा अविरलले हालै ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगिताको उपाधि चुमेका थिए।  ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वाराजापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियम गत माघको अन्तिम साता आयोजित सो प्रतियोगितामा उनले जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी हुन सफल भएका थिए। 

यसैगरी गत कात्तिक ११ मा इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एशोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक  बक्सिङ’ (इस्का)  प्रतियोगितामा ‘हिमचितुवा’ले विश्वप्रसिद्ध फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल भएका थिए। 

हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसक्नुभएका युवा पुस्ताका चर्चित खेलाडी अविरलले अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका थिए। 

बक्सर अविरल आफ्ना पिता बक्सर देवको साथमा जापानको नागोया सहरमा बस्दै आएका छन्। कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन्। 

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad