ग्लोबल


१९ महिनापछि हमासबाट मुक्त अलेक्ज्यान्डरको पारिवारिक पुनर्मिलन

१९ महिनापछि हमासबाट मुक्त अलेक्ज्यान्डरको पारिवारिक पुनर्मिलन

१९ महिनापछि हमासको बन्धनबाट मुक्त एडन अलेक्ज्यान्डर (बीचमा) परिवारसँग रमाउँदै।


नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १०:२८, काठमाडौँ

सन् २०२३ अक्टोबरदेखि गाजामा बन्धक बनाइएका अमेरिकी-इजरायली नागरिक एडन अलेक्ज्यान्डर रिहा भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १९ महिनापछि हमासको नियन्त्रणबाट मुक्त भएका अलेक्ज्यान्डरले आफ्नो परिवारसँग पुनर्मिलन गरिसकेका छन्।

हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा २१ वर्षीय अलेक्ज्यान्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा तैनाथ थिए। त्यही बेला उनलाई हमासले लगेको थियो। 

एडन अलेक्ज्यान्डरको जन्म इजरायलको तेल अभिभमा भए पनि उनी अमेरिकाको न्यु जर्सीमा हुर्किएका थिए। 

उनको रिहाइ सुरक्षित गर्न सोमबार इजरायलले गाजामा केही घण्टाका लागि सैन्य कारबाही रोकेको थियो। 

हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार मध्यपूर्व भ्रमणमा निस्कनुअघि सम्भावित नयाँ युद्धविराम सम्झौताका लागि सकारात्मक सन्देश पठाउन उनको रिहाइ गरिएको हो।

अलेक्ज्यान्डर हमासद्वारा हिरासतमा रहेका अन्तिम जीवित अमेरिकी नागरिक मानिन्छन्।

राष्ट्रपति ट्रम्पले अलेक्ज्यान्डरको रिहाइपछि उनको परिवारलाई बधाई दिएका छन्।

हमासले यसअघि नै अलेक्ज्यान्डरको रिहाइ गाजा पट्टीमा मानवीय सहायता पठाउन मार्ग प्रशस्त गर्नु भएको बताएको थियो। 

इजरायलले ७० दिनदेखि गाजामा राशन, औषधि र अन्य मानवीय सहायताको आपूर्ति रोकेको छ।

सहायता एजेन्सीहरूले इजरायलको यो कदम भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्नु बराबर र युद्ध अपराध भएको बताएका छन्।

गत मार्च मध्यदेखि इजरायलले गाजामा फेरि बमबारी र सैन्य कारबाही तीव्र पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad