कला


संगीता अधिकारी भइन् ‘मिसेस डिभा नेपाल–२०२५’

संगीता अधिकारी भइन् ‘मिसेस डिभा नेपाल–२०२५’

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १४:४६, काठमाडौँ

‘मिसेस डिभा नेपाल–२०२५ को ताज काठमाडौँ सिनामंगलकी संगीता अधिकारीले पहिरिन सफल भएकी छन्। 

शनिबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको कार्यक्रममा उनले ताजसँगै एनएफईए अवार्ड २०२६ लण्डनमा सहभागी हुनका लागि प्रवेश प्याकेजसमेत प्राप्त गरेकी छन्। हिमालयन मुभिजद्वारा आयोजित उक्त कार्यक्रममा फस्ट रनर अप टीका राना मगर तथा सेकेण्ड रनर अप सम्झना गौतम चयन भएका छन्।

विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगितामा करिव एक दर्जन महिलाहरुले आफ्नो आन्तरिक प्रतिभा र वौद्धिकता प्रदर्शन गरेका थिए। सम्पूर्ण प्रतियोगीहरुलाई तयार गर्ने अभिभारा भने चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले  लिएकी थिइन्। सुब्बाकै प्रशिक्षणमा प्रतियोगीहरुले क्षमता विकास, वौद्धिकता प्रस्फुटन, व्यक्तित्व विकास, स्टेजको प्रस्तुती, मिडिया प्रस्तुतीकरणलगायतका विषयमा बन्दसत्रमा सहभागी भएका थिए।

कार्यक्रममा विविध सबटाइटल अर्वाडहरुसमेत वितरण गरिएको थियो। जसमा मोस्ट स्मार्ट टीका राना मगर, मोस्ट कन्फिडेन्ट एवं पब्लिक च्वाइस भिडियो संगीता अधिकारी, बेस्ट पर्सनालिटी एवं मोस्ट पपुलर सम्झना गौतम, मोस्ट डेडिकेटेड पवित्रा अर्याल, मोस्ट चार्मिङ माया तामाङ, बेस्ट ट्यालेन्ट रिमा विश्वकर्मा, वेस्ट फोटोजेनिक रमिला कुस्वार, मोस्ट याक्टिभ लक्ष्मी शाही शाक्य, मोस्ट डिलिजेन्ट पार्वता पुन र बेस्ट मल्टिमिडिया रोजी ब्लोन हुन सफल भए।

कार्यक्रममा प्रतियोगीहरुले परिचयात्मक चरण, सांस्कृतिक परिधानको प्रस्तुती, प्रश्नोत्तर चरण, लिखित चरण पार गर्दै क्राउनिङ चरणसम्म पुगेर उपाधि चुमेका थिए। कोरियोग्राफर हिमानी सुब्बाका अनुसार घर गृहस्थी तथा आम दैनिकीमा अभ्यस्त महिलाहरुले तीन साताको प्रशिक्षणमा आफूलाई आमुल परिवर्तन गरेको स्टेजको प्रस्तुतीमा छनक पाइन्थ्यो। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन कलाकारहरुले विविध नृत्य तथा गायन प्रस्तुत गरेका थिए।

कार्यक्रमको निर्णायक मण्डलमा मोडल तथा अभिनेता दिक्पाल कार्की, अभिनेता तथा इभेन्टकर्मी सिद्धार्थ सिंह, मिसेस ग्लोबल नेपाल–२०२४  तथा फेसन डिजाइनर सुनिता भुजेल, मिसेस क्यापिटल क्विन नेपाल–२०२४ रमिता भण्डारी र ब्युटिसियन नेपाल–२०२५ सुष्मा दाहाल रहेका थिए।

बद्लिँदो समय सापेक्ष आफ्नो प्रतिभा प्रस्फुटीकरणका हेतु महिलाहरुको लागि आवश्यकीय मञ्च प्रदान गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको आयोजक पक्षले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad