बलिउड अभिनेता सलमान खानलाई फेरि मार्ने धम्की आएको छ।
हिन्दुस्तानका अनुसार मुम्बई यातायात विभागको ह्वाट्सएप नम्बरमा सन्देश पठाउँदै सलमानलाई घरमै पसेर मार्ने धम्की दिइएको हो।
सन्देशमा उनको कारलाई बमले उडाउने धम्की पनि दिइएको छ।
यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
हालसम्म सन्देश पठाउने व्यक्ति पत्ता लगाउन सकिएको छैन।
त्यसो त यसअघि भारतीय गुन्डा नाइके लरेन्स बिश्नोईको गिरोहले सलमानलाई पटकपटक हत्याको धम्की दिइसकेको छ।
गत वर्ष त उनको निवासबाहिर गोली नै हानिएको थियो।
घटनामा प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको थियो।
732
Shares

प्रतिक्रिया