प्रकाश सपुतको डेब्यु निर्देशन रहेको फिल्म ‘वसन्त’ चैत २२ गतेबाट प्रदर्शन हुँदै छ।
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म निर्माण टोली प्रचारप्रसारमा तीव्र रुपमा लागेको छ।
सोही सिलसिलामा शनिबार बेलुका सामाखुसीस्थित सिटी स्क्वायर मलको परिसरमा ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलर सार्वजनिक कार्यक्रममै सांगीतिक प्रस्तुति ‘वसन्त साँझ’ समेत आयोजना भएको थियो।
जहाँ दर्शकहरूको बाक्लो उपस्थितिबीच प्रकाशसहित स्वस्तिमा खड्का, शान्तिश्री परियार, प्रीति आले, देवेन्द्र बब्लु लगायतले प्रस्तुति दिए।
लोकगीत क्षेत्रका चर्चित अनुहार शान्तिश्री र प्रीतिले गीत गाएर प्रस्तुति दिए। यी दुबै गायिकाले गायक सपुतसँग अघिल्ला गीतमा सहकार्य गरेका थिए। गलबन्दीदेखि अरेली काँडैले लगायतका चर्चित गीतको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए।
प्रकाशकै लेखन र संगीत रहेको फिल्ममा यस फिल्ममा प्रकाश, स्वस्तिमा र अनुप बराल, माओत्से गुरुङ, प्रभात पाल, खड्गबहादुर पुन लगायतको अभिनय छ।



Shares

प्रतिक्रिया