इन्स्ट्यान्ट मेसेजिङ एप ‘ह्वाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई व्यक्तिगत च्याट, समूह र च्यानलमा ‘मोसन फोटो’ साझेदारी गर्न अनुमति दिने नयाँ सुविधा विकास गर्दै छ।
मोसन फोटो एक मिडिया ढाँचा हो, जसले स्थिर तस्बिर खिच्नु अघि र पछि दुवै गतिको छोटो क्षण कैद गर्दछ। परम्परागत तस्बिरभन्दा फरक, मोसन फोटोमा केही सेकेन्डका भिडिओ र अडिओ समावेश हुन्छन्।
‘वाबबीटाइन्फो’ का अनुसार मोसन फोटोहरूका लागि एपको मिडिया-साझेदारी क्षमता विस्तार गर्ने लक्ष्य ह्वाट्सएपले राखेको छ।
ह्वाट्सएपमा फोटो र भिडिओ ग्यालरी खोल्दा मोसन फोटोहरूका लागि समर्पित नयाँ बटन देखापर्नेछ, जसले प्रयोगकर्ताहरूलाई छविको स्थिर वा गति संस्करण पठाउने विकल्प प्रदान गर्दछ।
यो सुविधा विशेष गरी केही मोबाइल उपकरणमा लोकप्रिय छ, किनकि यसले स्थिर तस्बिरमा गतिको स्पर्श थपेर स्थिर तस्बिर र भिडिओबीचको खाडल कम गर्छ।
मोसन फोटो सुविधा सामान्यतया विभिन्न स्मार्टफोनमा उपलब्ध छ, जस्तै: सामसुङ ग्यालेक्सी।
यो सुविधा हाल आइफोनका लागि आइईएसमा उपलब्ध भए पनि एन्ड्रोइडका लागि ह्वाट्सएपमा मोसन फोटो सेयरिङ सुविधा अझै विकासको क्रममा छ।
Shares

प्रतिक्रिया