कला


शान्तिश्रीका दुई गीतले एकसाथ पाए १० करोड भ्युज, भन्छिन्- कर्म र भाग्यको संयोग

शान्तिश्रीका दुई गीतले एकसाथ पाए १० करोड भ्युज, भन्छिन्- कर्म र भाग्यको संयोग

नेपालखबर
माघ २७, २०८१ आइतबार १९:३, काठमाडौँ

नेपाली संगीत क्षेत्रका लागि एकपछि अर्को सुखद् खबर आइरहेका छन्। यस वर्ष सार्वजनिक भएका धेरै गीतहरू युट्युबमा रुचाइए। जसमा गायिका शान्तिश्री परियारका गीतले पनि कीर्तिमान रचेका छन्।

केही दिनअघि शान्तिको स्वर रहेको गीत ‘रुकुम मैकोट’ छोटा समयमा १० करोडपटक हेरिने गीत बन्यो। शान्तिसहित एसडी योगीको स्वर रहेको फिल्म ‘खुस्मा’ मा समावेश यस गीतले साढे पाँच महिनामै १० करोड भ्युज पाएको थियो। 

त्यस्तै, शनिबार मात्रै शान्तिको अर्को गीत ‘अरेली काडैले’ पनि १० करोड भ्युज पाउने क्लबमा प्रवेश गरेको छ। डेढ वर्षअघि तीजको अवसरमा सार्वजनिक यस गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत र शान्तिश्रीको एकल स्वर छ।

लोकगीतर्फ १० करोड भ्युज पुग्ने शान्तिको यो पहिलो गीत हो। 

आफ्नो स्वर रहेका २ गीतले १० करोड भ्यु पाएपछि शान्तिले फेसबुकमा खुसी व्यक्त गरेकी छिन्। 

‘यो मेरो लागि निकै खुसीको कुरा हो। आदरणीय दर्शकश्रोताको अगाध माया पाएका कयौँ गीतहरूमा मेरो स्वर मिसिएका छन्। यो अर्थमा म अलि भाग्यमानी नै हुँजस्तो पनि लाग्छ। कर्म र भाग्यको संयोग कहीँ न कहीँ राम्रै मिलेको छजस्तो पनि लाग्छ,’ उनले लेखेकी छिन्। 

उनले आफ्नो गीतसँग जोडिएका व्यक्तिहरूलाई समेत धन्यावाद दिएकी छन्। साथै सकारात्मक ऊर्जाका साथ गीत-संगीतमै निरन्तरता दिने संकल्प रहेको उल्लेख गरेकी छन्।

शान्तिश्री रेकर्डिङदेखि मेला-महोत्सवमा निकै व्यस्त गायिकामा पर्छिन्। सांगीतिक करिअरमा सफलताकै कारण उनले हालैसालै काठमाडौँमा नयाँ घरसमेत किनेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad