कला


सैफ अली खानलाई चक्कु हान्ने व्यक्तिबारे प्रहरीले दियो नयाँ जानकारी

सैफ अली खानलाई चक्कु हान्ने व्यक्तिबारे प्रहरीले दियो नयाँ जानकारी

अभियुक्त मोहम्मद शरिफुल इस्लाम शहजादलाई जनवरी २४ सम्मका लागि मुम्बई प्रहरीको हिरासतमा पठाइएको छ।


नेपालखबर
माघ ७, २०८१ सोमबार १७:१३, काठमाडौँ

मुम्बई प्रहरीले अभिनेता सैफ अली खानलाई चक्कु हान्ने आरोपित बंगलादेशी भएको आशंका गरेको छ।

प्रहरीले गुगल पेमार्फत गरिएको कारोबारका माध्यमबाट मोबाइल फोन ट्रेस गर्‍यो र त्यसपछि आरोपितलाई ठाणेको श्रम शिविरबाट पक्राउ गर्‍यो।

मुम्बई प्रहरीका अनुसार अभियुक्त लगभग ३० वर्षका छन् र उनको नाम मोहम्मद शरिफुल इस्लाम शहजाद हो।

क्षेत्र ९ का डीसीपी दीक्षित गेडामले पत्रकार सम्मेलनमा भने, "प्रथम दृष्टिमा अभियुक्त बंगलादेशी भएको देखिन्छ।"

उनका अनुसार आरोपित व्यक्ति विजय दासका रूपमा परिचय दिएर केही महिनादेखि मुम्बईमा बसेका थिए।

समाचार एजेन्सी पीटीआईका अनुसार मोहम्मद शरिफुल आक्रमणको दिन साँझ ७ बजेसम्म बान्द्रामा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad