भारतीय अभिनेत्री रश्मिका मन्दना यतिबेला फिल्म ‘पुष्पा २’ को सफलताको स्वाद चाखिरहेकी छिन्। यस फिल्मले बक्स अफिस धुमधाम कमाइ गरिरहेको छ।
यसैबीच, रश्मिका घाइते भएकी छिन्। जसका कारण उनको फिल्म सिकन्दरको सुटिङ पनि रोकिएको छ। पिंकभिल्लाको रिपोर्टका अनुसार रश्मिकालाई हालै जिममा चोट लागेको थियो।
अहिले उनी आराम गरिरहेकी छिन्। र, पहिले भन्दा धेरै राम्रो महसुस गरिरहेकी छिन्। तर, यही कारणले उनको आगामी प्रोजेक्टको सुटिङ केही समयका लागि रोकिएको छ। तर, उनी छिट्टै काममा फर्किनेमा आशावादी छिन्।
सलमान खान र रश्मिकाले जनवरी १० मा मुम्बईमा ‘सिकन्दर’ को अन्तिम चरणको छायांकन सुरु गर्ने कार्यक्रम थियो। यो फिल्म आगामी मार्च रिलिज हुने तयारी छ। जसकारण निर्माणटिम फिल्मको सम्पूर्ण काम समयतालिकामा पूरा गर्ने प्रयास गरिरहेको छ।
Shares

प्रतिक्रिया