कला


‘मायावी’को पोस्टरमा पल- दीपिकाको प्रेम र विछोड

‘मायावी’को पोस्टरमा पल- दीपिकाको प्रेम र विछोड

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १४:५६, काठमाडौँ

फागुनको १४ गतेबाट रिलिज हुने फिल्म ‘मायावी’को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माणपक्षले दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाईं फिचर्ड छन्।

एक पोस्टरमा पल दीपिकासँग रोमान्टिक देखिएका छन् भने अर्को एक पोस्टरमा पल भावुक देखिएका छन्। दुई पोस्टरबाट फिल्मले प्रेम र पीडाको भाव व्यक्त गर्ने वुझ्न सकिन्छ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा क्रियटिम सिने आर्टस् र नेम महर्जनको लगानी छ। फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रुपमा छन्। साथै, फिल्ममा राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन्।

फिल्ममा पल र दीपिकासहित सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समीम खानको अभिनय छ। साथमा फिल्ममा राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ।

सांगीतिक प्रेम कथामा बनेको फिल्म ‘मायावी’ले प्रेम, विछोड र मित्रताको कथा भन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad