कला


इन्दिरा र करणको स्वरमा फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’

इन्दिरा र करणको स्वरमा फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’

नेपालखबर
पुस १९, २०८१ शुक्रबार १६:३४, काठमाडौँ

आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ। ललितपुरको पुल्चोकस्थित लबिम मलमा क्यूृएफएक्स हलमा भएको कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा इन्दिरा जोशी र करण परियारको सुन्न सकिन्छ। करुण थापाले गीतमा शब्द र संगीत रहेको छ। गीतकार थापाले २० वर्षपछि गीतमार्फत पाश्र्व गीत लेखनमा कमव्याक गरेका हुन्। थापाले लेखेका ‘बाँदल वर्षा बिजुली’ र ‘आगो लाग्यो दिलैमा’लगायतका गीतहरु चर्चित छन्।

एकस्टिक नेपालका स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राईको एरेन्ज, प्रकाश मिश्रको एरेन्ज तथा दिल समर्पण र राजा बाबुको रेकर्डिङ छ।

गीतमा भिडिओमा फिल्मका प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड छन्। नाजिरले परिकल्पना गरेको घर र परिवारबाट सुरुवात भएको गीतमा नाजिर र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ। ग्रामीण परिवेशमा छायांकन गरिएको गीतमा दुबैको जोडी निकै सुहाएको छ। गीतमा कोरियोग्राफर रामजी लामिछानेले सृष्टि र नाजिरलाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन्।

कार्यक्रममा बोल्दै गायिका इन्दिराले फिल्मले तराईको पात्रलाई हिरोको रुपमा स्थापित गराएको भन्दै राम्रो कथावस्तुको फिल्ममा स्वर दिन पाएकोमा खुशी व्यक्त गरिन्। गायक करणले पनि फिल्ममा पाश्र्व गायनको सपना ‘मिसिङः केटी हराएको सूचना’ले पुरा गरेको खुलाए।

गीतकार र संगीतकार करुणले फिल्मका निर्देशक दीपैन्द्र गौचन र आफू पुरानो साथी रहेकाले उनकै अनुरोधमा गीत लेखेको बताए। आफूले दीपेन्द्रलाई नेपाल फर्किएर राम्रो कथाको फिल्म बनाउन सधै हौसाइरहने स्मरण गर्दै फिल्मका लागि दुई गीत तयार भए पनि ‘सपनीमा’लाई सबैले मनपराएर गीतमा राखेको खुलाए।

निर्देशक दीपेन्द्र गौचनले संगीतप्रति आफ्नो लगाव पुरानै रहेकाले फिल्मको कथा सुहाउँदो गीत तयार पारिएको बताए।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ। उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।

ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad