कारोबार


सम्राट सिमेन्टले उत्पादन क्षमता बढाउने, लगानी बोर्डसँग गर्‍यो समझदारी

सम्राट सिमेन्टले उत्पादन क्षमता बढाउने, लगानी बोर्डसँग गर्‍यो समझदारी

नेपालखबर
पुस १९, २०८१ शुक्रबार १६:४७, काठमाडौँ

लगानी बोर्ड र सम्राट सिमेन्टबीच उत्पादन क्षमता बढाउने समझदारी भएको छ।

सम्राट सिमेन्टका अध्यक्ष अनिल रुंगटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीबीच हस्ताक्षर भएको हो। 

यसअघि बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्टको १५ अर्ब लगानी स्वीकृत गरेको थियो। सम्राट सिमेन्टमा अधिकांश हिस्सा चौधरी ग्रुपको छ अर्थात् सीजीले यसको ७४.८ प्रतिशत सेयर स्वामित्व लिएको छ। 

‘१८ सय टन उप्तादन गरिरहेको सम्राट सिमेन्टले ४५०० टन उत्पादन क्षमता पुर्‍याउने विषयमा सम्झौता भएको हो’, बोर्डका सहसचिव बाबुराज अधिकारीले भने, ‘लगानी बोर्ड बैठकले यसअघि नै लगानी स्वीकृत गरिसकेको छ। अब थप क्षेत्रफलमा विस्तार गर्ने योजना बुझाएको छ।’

सम्राट सिमेन्ट सन् २०१३ मा स्थापना भएको थियो। उद्योगको दाङमा क्लिङ्करसहितको ग्रिन्डिङ प्लान्ट छ। पूर्व-पश्चिम राजमार्गको २ किमिको दूरीमा सिमेन्ट उद्योग छ। सम्राट सिमेन्टले ओपीसी, पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। 

भीआरएम र रोबोटिक टेक्नोलोजीले सिमेन्ट उत्पादन गरिरहेको छ। गजराज, बजा र बादशाह ब्रान्डमा सिमेन्ट उत्पादन हुँदै आएको छ। लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा यी गजराज सिमेन्ट बढी चर्चित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad