कला


राजामौलीको फिल्मबाट कमब्याक गर्दै प्रियंका, देखिनेछिन् महेश बाबुको अपोजिटमा

राजामौलीको फिल्मबाट कमब्याक गर्दै प्रियंका, देखिनेछिन् महेश बाबुको अपोजिटमा

नेपालखबर
पुस १४, २०८१ आइतबार १३:२७, काठमाडौँ

अभिनेत्री प्रियंका चोपडाका फ्यानहरू लामो समयदेखि भारतीय सिनेमामा उनको कमब्याकको प्रतीक्षामा छन्।

केही समयअघि उनी बलिउड फिल्म ‘जी ले जरा’बाट कमब्याक गर्ने भनिएको थियो। तर, यो फिल्म अहिलेसम्म बन्न सकेको छैन।

तर, अब बलिउड नभई प्रियंका तेलुगु फिल्मबाट भारतीय सिनेमामा कमब्याक गर्न लागेकी छन्।

एसएस राजामौलीले उनलाई आफ्नो नयाँ फिल्ममा कास्ट गरेका छन्, जसमा उनी महेश बाबुसँग मुख्य भूमिकामा देखिनेछिन्। एसएस राजामौलीको यो अनौठो अफ्रिकी जंगल साहसिक फिल्मको शीर्षक अझै तय भएको छैन।

तर, यसमा महेश बाबुले हनुमानका गुण भएका अनुसन्धानकर्ताको भूमिका निर्वाह गर्नेछन्। ‘पिंकभिल्ला’ को रिपोर्टका अनुसार राजामौली ‘बाहुबली’ र ‘आरआरआर’ पछि यो फिल्ममा एपिक कथा लिएर आउँदै छन्।

यो फिल्म अप्रिल २०२५ मा फ्लोरमा जानेछ र प्रियंका चोपडालाई महेश बाबुको अपोजिटमा देखिनेछिन्। राजामौलीको यो फिल्म भारतमा पनि हुने र विश्वभर ठूलो मात्रामा रिलिज हुने बताइएको छ। चलचित्रको स्क्रिप्ट लेखनको काम लगभग सकिएको छ।

कास्टिङ प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। यस्तो अवस्थामा यसको छायांकन अप्रिल २०२५ मा सुरु हुनेछ।

प्रियंका पछिल्लो भारतीय फिल्म ‘द स्काई इज पिंक’ सन् २०१९ मा रिलिज भएको थियो।

त्यसपछि उनी २०२१ मा उनी ओटीटी रिलिज ‘द ह्वाइट टाइगर’ मा देखिएकी थिइन्। बलिउडसहित थुप्रै हलिउड फिल्म प्रिंयकाको लाइनअपमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad