समाज


सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नेपालखबर
पुस १४, २०८१ आइतबार १३:३४, काठमाडौँ

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

ईश्वरपुर नगरपालिका ७ बयलबास बबरगंजस्थित सडकमा बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल र ना ३९ प ७१६८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना भएको हो। 

दुर्घटनामा ना ३९ प ७१६८ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका १० बस्ने ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिद्धिबिनायक अस्पताल बयलबास हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको लागि लगिएको थियो। 

मलंगवामा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा घाइते भएका बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल चालकको सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad