कला


कोरोनाका कारण घरमै बन्धक बलिउडका चर्चित कलाकारहरु के गर्दैछन्?

कोरोनाका कारण घरमै बन्धक बलिउडका चर्चित कलाकारहरु के गर्दैछन्?

नेपालखबर
चैत ४, २०७६ मंगलबार १२:१३,

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट भारत पनि अछुतो रहेको छैन।

भारतमा मंगलबार अपरान्हसम्म तीन जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन्। यसबाट बलिउड सिने क्षेत्र पनि अछुतो छैन।

 कोरोनाकै कारण यतिबेला सबैजसो फिल्मको सुटिङ रोकिएको छ। फिल्मको रिलिज लगायतका अन्य कामहरु पनि स्थगित भएका छन्।

सुटिङ रोकिएका कारण धेरैजसो कलाकारहरु घरमै फुर्सदमा छन्। उनीहरु यतिबेला कोरोनाका कारण घरमै बन्धक अवस्थामा रहेका छन्। फिल्मको सुटिङ घोषित रुपमै ३१ मार्चसम्म स्थगित गरिएको छ।

अभिनेत्री करिना कपुरले आफू र सैफ अली खानका केही फोटा सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छन्। जसमा सैफअली किताब पढीहरेको र करिना मोबाइल चलाइरहेको देख्न सकिन्छ। करिनाका यी तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्। 

फिल्म सुटिङ रोकिएपछि अभिनेत्री कैटरिना कैफ पनि घरमै कैद छिन। उनी यो समय फिजिकल फिटनेस ध्यान दिइरहेकी छन्। उनी अहिले फिजिकल ट्रेनरका साथ टे«निङ लिइरहेकी छन्। उनले यसबारे सामाजिक सञ्जालमा एक भिडियो समेत सेयर गरिरहेकी छन्।

त्यस्तै सधैँजसो जिमखाना र योगामा व्यस्त हुने मलाइका पनि यतिबेला घरमा यत्तिकै दिन कटाइरहेकी छन्।
अमेरिकामा स्वास्थ्य संकटकाल घोषणा भएपछि अभिनेत्री प्रियंका चोपडा पनि घरमै कैद भएकी छन्। उनले आफ्नो कुकुरसँगको एक फोटो मासामाजि सञ्जालमा सेयर गरेकी छन्।

सुटिङ रद्दभएपछि अभिनेत्री श्रद्धा कपुर पनि घरमै किताब पढेर समय बिताइरहेकी छन्।

अर्की अभिनेत्री सनी लियोनी भने कोरोको प्रतिकार गर्न तयार भएर बसेको बताएकी छन्। उनले पति र छोरीहरुका साथमा घुमिरहेको फोटो सार्वजनिक गरेकी छन्। जसमा सबैजना मास्क लाएको देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad