समाज


बेलायती प्रधानमन्त्रीले घरैबाट काम गर्ने वातावरण मिलाउन निर्देशन दिए

बेलायती प्रधानमन्त्रीले घरैबाट काम गर्ने वातावरण मिलाउन निर्देशन दिए

नेपालखबर
चैत ४, २०७६ मंगलबार १२:१५,

हालसम्म त्यहाँ ५५ को मृत्यु भइसकेको छ। आफ्नो देशमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएपछि बेलायत सरकारले कोरोना नियन्त्रणका लागि केही उपायहरु सार्वजनिक गरेको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार आफ्ना देशका कार्यलय, उद्योगहरुलाई घरैबाट काम गर्ने वातावरण मिलाउन निर्देशन दिएका छन्।

यस्तै उनले मदिरा घर बन्द गर्न र भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरेका छन्।

जोनसनले गर्भवती महिला र ७० वर्षमाथिका नागरिकलाई स्वास्थ्यको ख्याल गर्न भनेका छन्।

बेलायतले कोरोना नियन्त्रण गर्न सार्वजनिक गरेको उपायहरु

–भीडभाड र सामूहिक काम बन्द गर्नुपर्ने, मदिराघर, क्लब, नाट्यशाला र चलचित्रघर बन्द गरिनुपर्ने

–घरबाटै काम गर्ने वातावरण बनाउनुपर्ने

–स्वास्थ्य अवस्था गम्भीर भएका मानिस १२ हप्ता सामाजिक सम्पर्कमा आउन नपाउने

–यदी घरका एक व्यक्तिमा कोरोनाको संक्रमणको संकेत देखिए सबै सदस्यले घरमै क्वारेन्टाइनको नियम पालना गर्नुपर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad