वसन्त निरौलाको निर्देशनमा फिल्म ‘दशमी’ बन्ने भएको छ। भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निरौलाले फिल्म निर्माणको घोषणा गरेका हुन्।
निर्देशक निरौलाले चलचित्रको नाम घोषणा गरे पनि कलाकारको लाइनअप भने सार्वजनिक गरेका छैनन्। उनले चलचित्र दसैँको फूलपातीका दिन रिलिज हुने समेत बताए।
रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने रहने चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ। फिल्मको लेखक दिलीप रानाभाट हुन्। चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहेका छन्।
विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रको प्रोडक्शन म्यानेजर दिलीप पन्त रहेका छन्।
‘दशमी’ मा गत दसैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’को टिम देखिएको छ। कलाकारबाहेक अधिकांश टिम ‘ज्वाइँ साब’को रहेको छ। निरौलाको निर्देशन रहेको ‘ज्वाइँ साब’ सफल भएको थियो।
Shares

प्रतिक्रिया