कला


यश र स्मिताले ल्याए रोमान्टिक गीत ज्यानमाया

यश र स्मिताले ल्याए रोमान्टिक गीत ज्यानमाया

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १०:३८, काठमाडौँ

गायक यश कुमार र गायिका स्मिता बोहराको स्वरमा ज्यानमाया बोलको रोमान्टिक गीत युट्युबमा सार्वजनिक भएको छ।

शब्द र संगीत यश कुमारको रहेको यो आधुनिक प्रेम गीतका लागि मकवानपुरको चित्लाङमा दृश्यांकन गरिएको छ।

स्मिताका यसअघि ३ वटा गीत दर्शक-श्रोतामाझ आइसकेका छन्।

अध्ययनले हेल्थ केयर म्यानेजमेन्टमा मास्टर्स गरेकी स्मिताले सानैदेखिको संगीतप्रतिको रूचि र केही फरक गर्ने सोचसहित यो गीत ल्याएको बताएकी छन्। उनी भन्छिन्, ‘नाच्ने गीतभन्दा पनि यो सुन्ने र आनन्द लिने किसिमको गीत हो। अहिले म्युजिक इन्डस्ट्रीमा आइरहेकोभन्दा अलिक फरक किसिमको छ।’

यो गीत युट्युबमा एसटु म्युजिक्स च्यानलमा हेर्न र सुन्न सकिन्छ।

भिडिओ:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad