भारतीय कलाकार प्रदीप रावत र उनकी श्रीमती कल्याणीले नेपाली दर्शकसँगै बसेर फिल्म ‘ह्रस्व दीर्घ’ हेर्दै छन्।
उनीहरूले सोमबार अपरान्ह कमलपोखरीस्थित बिग मुभिजमा फिल्म हेर्न लागेका हुन्। त्यस क्रममा उनले दर्शकसँग साक्षत्कार पनि गर्दै छन्।
उनीहरू आइतबार साँझ काठमाडौँ आइपुगेका थिए।
४ दिने भ्रमणमा नेपाल आएका उनले अन्य हलमा पनि गएर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको निर्देशक चन्द्र पन्तले जानकारी दिए।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ मा प्रदीप अभिनेत्री नीता ढुंगानाको बुवाको भूमिकाका छन्। फिल्मको छायांकनका लागि उनी गत पुसमा नेपाल आएका थिए।
‘ह्रस्व दीर्घ’मा अभिनय गरेका भारतीय अभिनेता प्रदीप रावत श्रीमतीसहित काठमाडौँमा
यस चलचित्रमा दक्षिण भारतीय चर्चित हास्य अभिनेता ब्रह्मानन्दमको पनि अभिनय छ।
यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो।
यो फिल्म नेपालीसहित तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने बताइएको छ।
Shares

प्रतिक्रिया