कला


‘ह्रस्व दीर्घ’मा अभिनय गरेका भारतीय अभिनेता प्रदीप रावत श्रीमतीसहित काठमाडौँमा

‘ह्रस्व दीर्घ’मा अभिनय गरेका भारतीय अभिनेता प्रदीप रावत श्रीमतीसहित काठमाडौँमा

नेपालखबर
मंसिर २, २०८१ आइतबार २१:५७, काठमाडौँ

चलचित्र ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका दक्षिण भारतीय अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन्।

‘गजनी भिलेन’ भनेर चिनिने अभिनेता रावत आइतबार साँझ नेपाल आइपुगेका हुन्। श्रीमतीसहित काठमाडौँ आएका उनी नयाँ बानेश्वरस्थित पाँचतारे होटलमा बसिरहेका छन्। 

उनी नेपाली दर्शकसँग विभिन्न हलमा पुगेर साक्षात्कार गर्ने कार्यक्रम रहेको चलचित्रका निर्देशक चन्द्र पन्तले जानकारी दिए।

रावतले चलचित्र ‘ह्रस्व दीर्घ’ मा अभिनेत्री नीता ढुंगानाको बुवा बनेर अभिनय गरेका छन्। शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले राम्रो व्यापार गरिरहेको निर्माण पक्षको दाबी छ। 

यस चलचित्रमा दक्षिण भारतीय चर्चित हास्य अभिनेता ब्रह्मानन्दमको पनि अभिनय छ। 

फिल्ममा नीतासहित हरिहर अधिकारी, ब्रह्मानन्दम, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ। 

६ करोड लगानीमा बनेको भनिएको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। 

यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो।

यो फिल्म नेपालीसहित तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad