कला


‘पुष्पा २’ को प्रदर्शन मिति हेरफेर, कहिले हुँदैछ रिलिज?

‘पुष्पा २’ को प्रदर्शन मिति हेरफेर, कहिले हुँदैछ रिलिज?

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १६:२६, काठमाडौँ

बहुप्रतिक्षित भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। निर्माणटिमले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तोकेको हो।

६ डिसेम्बरबाट रिलिज हुने भनिएको यो फिल्म अब डिसेम्बर ५ अर्थात मंसीर २० गतेबाट रिलिज हुनेछ। अब दर्शकहरूले एकदिनअगावै फिल्म हेर्न पाउनेछन्।

यसअघि पनि यो फिल्म १५ अगस्टबाट रिलिज हुने भनिएको थियो। तर, फिल्मको पोस्टप्रोडक्सनको काम नसकिएको भन्दै निर्माणटिमले मिति सारेको थियो।

सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा अल्लुअर्जुन र रश्मिका मन्डानाको मुख्य भूमिका छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्। त्यसैगरि, फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको फिल्ममा अभिनय छ।

१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पाः द राइज’ निकै सफल फिल्म हो। सुकुमार निर्देशित यस फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad