राजनीति


न्युरो उपचार केन्द्र स्थापनामा सघाउन चीन सकारात्मक

न्युरो उपचार केन्द्र स्थापनामा सघाउन चीन सकारात्मक

तस्बिर : चिनियाँ राजदूतको एक्स


नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १६:२८, काठमाडौँ

सरकारी स्तरमा न्युरो उपचार केन्द्र स्थापनाका लागि सघाउन चीनले इच्छा देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच बिहीबार रामशाहपथस्थित मन्त्रालयमा भएको भेटका क्रममा पौडेलले देशमा न्युरो उपचार केन्द्र स्थापनामा सघाउन आग्रह गरेका थिए। त्यसको जवाफमा राजदूत सङले सकारात्मक प्रतिक्रिया दिएका हुन्।

‘यो प्रारम्भिक छलफल मात्र हो। चीनले सकारात्मक जवाफ दिएको छ,’ मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘दुवै तर्फबाट थप गृहकार्य भएपछि सहकार्यको ढाँचा स्पष्ट हुनेछ। आजको भेटले हामीलाई निकै उत्साहित बनाएको छ।’

भेटपछि चिनियाँ राजदूत सोङले पनि मन्त्रीसँगको भेटघाटमा स्वास्थ्य क्षेत्रमा सहायता प्रववर्धनका विषयमा विचार आदानप्रदान गरेको र भेटघाट फलदायी भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन्।

मन्त्री पौडेलले मंगलबार मात्र न्युरो उपचार केन्द्रको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेका थिए। समितिको संयोजकमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका सहप्राध्यापक डा गोपाल सेढाईँ छन्। समितिले देशमा केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त जग्गा खोजी सम्भाव्य स्थानको पहिचान गर्नेछ। त्यस्तै अध्ययन तथा विज्ञसँग गहन छलफलपश्चात् स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेस गर्न भनिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad