बलिउड अभिनेता सलमान खानलाई धम्की दिएर ५ करोड माग्ने २४ वर्षिय शेख हुसेन शेख मौसिन पक्राउ परेका छन्।
मुम्बईको वर्ली प्रहरीले उनलाई झारखण्डको जमशेदपुरबाट बुधबार पक्राउ गरेको हो। उनलाई आज झारखण्डबाट ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याइएको छ।
जमशेदपुरका तरकारी विक्रेता शेख हुसेन शेख मौसिनले गत हप्ता मुम्बई ट्राफिक प्रहरीलाई ह्वाट्सएप कल गरेर फिरौती मागेका थिए। उनले आफूलाई लरेन्स गिरोहको सदस्य घोषणा गरेका थिए।
मुम्बईका एक प्रहरी अधिकारीले म्यासेज पठाउने व्यक्तिको खोजी गर्न तत्कालै अनुसन्धान सुरु गरे।
यसैबीच, मुम्बई ट्राफिक प्रहरीले पनि सोही मोबाइल नम्बरबाट माफीको सन्देश प्राप्त गरेको छ। प्रहरीले त्यो नम्बरलाई झारखण्डमा ट्रेस गर्यो र आरोपीलाई पक्राउ गर्न टोली पठाएको थियो।
मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो– ‘यसलाई हल्का रूपमा नलिनुहोस्। यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ। पैसा नदिए सलमानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।
केहीदिनअघि सलमानका निकटका तथा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको थियो। यो हत्याको जिम्मेवारी लरेन्स गिरोहले लिएको थियो।
लरेन्स गिरोहले पनि सलमान खानलाई धेरै वर्षदेखि मार्ने धम्की दिइरहेको छ। यस्तो अवस्थामा बाबा सिद्दिकीको हत्यापछि सलमानको सुरक्षा बढाइएको छ।
यो पूरै मामिला सन् १९९८ मा भएको कालो हरिण शिकार प्रकरणसँग सम्बन्धित छ। त्यसपछि यसमा सलमान खानको नाम आयो र उनी पनि पक्राउ परे।
तर, दोषी ठहर भएपछि सलमान प्रमाणको अभावमा जमानतमा रिहा भएका थिए। त्यसयता ग्याङ्स्टर लरेन्स सलमानको पछि लागेका छन्। लरेन्सले कालो हरिण शिकारको मामिलामा सलमान खानले बिश्नोई समुदायसँग माफी मागुन भन्ने चाहन्छन्।
अहिले गुजरातको साबरमती जेलमा रहेका लरेन्सले सलमानलाई दिनहुँ ज्यान मार्ने धम्की दिइरहेका छन्। अप्रिल २०२४ मा सलमानको गिरोहले ग्यालेक्सी अपार्टमेन्टमा रहेको उनको घर बाहिर गोलीबारीको जिम्मेवारी पनि लिएको थियो।
Shares

प्रतिक्रिया