सेयरबजारमा आज ५ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ।
१ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार सूचक नेप्से भने १८.२५ अंकले घट्न पुगेको छ। योसँगै २६२७.१४ विन्दुमा नेप्से रोकिएको छ।
साताको अन्तिम दिनको कारोबारमा ६७ कम्पनीको सेयर मूल्य बढे पनि १७० कम्पनीको घटेको र ७ वटाको मूल्यमा कुनै परिवर्तन भएको छैन।
आज नेपाल एसबीआई बैंकको सेयर ९.७५ प्रतिशतले बढ्दा लगानीकर्ताले ४७.१० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। यसबाहेक पिपुल्स हाइड्रोपावरका सेयरधनीले ८.०५ प्रतिशत, सनराइज ब्लुचिप फन्डका सेयरधनीले ७.६७ प्रतिशत, समृद्धि फाइनान्सका सेयरधनीले ६.१८ प्रतिशत र आरबीबी म्युचुअल फन्ड१ का लगानीकर्ताले ६.०१ प्रतिशत आम्दानी गरेका छन्।
तर आज रावा इनर्जी डेभलपमेन्टको सेयर भने १० प्रतिशतले घट्दा लगानीकर्ताले प्रतिकित्ता ८८.८० रुपैयाँ नोक्सानी व्यहोरेका छन्। यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले पनि गुमाएका छन्।
कारोबारमा आज एनएलजी इन्स्योरेन्सको ३४ करोडको सर्वाधिक किनबेच भएको छ। साहस ऊर्जाको २४ करोड ९३ लाख, आईसीएफसी फाइनान्सको २४ करोड ९२ लाख, पिपुल्स हाइड्रोपावरको २४ करोड र समृद्धि फाइनान्सको १९ करोडको खरिदबिक्री भएको छ।
Shares

प्रतिक्रिया