नेपाली इतिहासमा अहिलेसम्मकै बढी लगानीमा म्युजिक भिडिओ निर्माण गरिएको दाबी गरिएको छ।
दसैँअघि थाइल्यान्डमा छायांकन गरिएको म्युजिक भिडिओ ‘मालती’मा लगानी ६० लाख रुपैयाँभन्दा बढी लागेको निर्देशक सञ्जय न्यौपानेले बताए। यो नेपालको इतिहासमा म्युजिक भिडिओमा गरिएको सबैभन्दा ठूलो लगानी भएको दाबी उनको छ।
यो भिडिओमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन्।

अभिनेता खरेलको जन्मदिनका अवसरमा बुधबार यो गीतको फर्स्टलुकस्वरूप स्टिल तस्बिर सार्वजनिक गरिएका छन्।
यो गीत साताभन्दा बढी समय लगाएर छायांकन गरिएको हो।
गीतमा थाइल्यान्डका महँगा मोडलहरूलाई कोरसका रूपमा प्रयोग गरिएको छ।
गीतका सार्वजनिक तस्बिरमा साम्राज्ञी आकर्षक र बोल्ड लुक्समा देखिएकी छन् भने अभिनेता खरेलसँग रोमान्टिक अवतारमा प्रस्तुत भएकी छन्।
नेपाली सिनेमाका निर्माता सञ्जयले यो गीतले नेपाली म्युजिक भिडिओलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने दाबी गरे।
गीतमा सुरजविक्रम थापा (बुलेट फ्लो) र डिबी यो म्याजेस्टीको शब्द तथा संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिबी यो म्याजेस्टीको स्वर छ।
सौरभ लामाले खिचेको भिडिओ कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन्।
लोकेन्द्र सुब्बाले सम्पादन गरेको म्युजिक भिडिओका प्रोडक्सन म्यानेजर थाइल्यान्डका ओस्कार डीपीपी हुन्।
Shares

प्रतिक्रिया