कारोबार


आयातमा ४ र निर्यातमा ६ प्रतिशत बढीको संकुचन, घट्यो वैदेशिक व्यापार

आयातमा ४ र निर्यातमा ६ प्रतिशत बढीको संकुचन, घट्यो वैदेशिक व्यापार

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १४:४९, काठमाडौँ

नेपालको वैदेशिक व्यापारमा संकुचन आएको छ। 

भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ महिनामा नेपालको वैदेशिक व्यापार ४.३५ प्रतिशतले घटेको हो। 

साउन, भदौ र असोजमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजारको व्यापार गरेको हो। अघिल्लो वर्षको सोही अवधिमा ४ खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख ६६ हजारको व्यापार गरेको थियो। 

यो अवधिमा नेपालको आयात ४.१७ प्रतिशतले घटेको छ। ३ महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँको आयात गरेको हो। जुन अघिल्लो आवको सोही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ थियो। 

विभागका अनुसार नेपालको निर्यात ६.११ प्रतिशतले घट्न पुगेको छ। ३ महिनामा नेपालले ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजारको वस्तु निर्यात गरेको छ। जुन अघिल्लो आवको सोही अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजारको भएको थियो। 

आयातनिर्यातमा आएको संकुचनसँगै व्यापार घाटा ३.९६ प्रतिशतले घट्न पुगेको छ। यो अवधिमा नेपालको व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ छ। जुन अघिल्लो आवको सोही अवधिमा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ थियो। 

विभागले आयात निर्यात अनुपात २.०६ प्रतिशत रहेको जनाएको छ। कुल व्यापारमा नेपालको निर्यातको हिस्सा १.८४ प्रतिशतले ऋणात्मक हुँदा आयातको हिस्सा ०.१८ प्रतिशतले धनात्मक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad