अभिनेत्री अशिष्मा नकर्मी आमा बन्ने भएकी छिन्। उनले बिहे गरेको ७ वर्षपछि पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन्।
अमेरिकामा रहेकी नकर्मीले बेबी बम्पसहितको तस्विर सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी हुन्।
‘हामीले सबैभन्दा मीठो रहस्यलाई लुकाउँदै आयौँ। र, अब संसारसँग हाम्रो खुसी साझा गर्ने समय आएको छ। लामो प्रतिक्षापछि हाम्रो प्रार्थनाको जवाफ मिलेको छ। मार्च २०२५ मा हाम्रो खुसीको सौगात आउँदैछ,’उनले लेखेकी छिन्।
अशिष्मा २०७४ सालमा नविनचन्द्र प्रधानसँग बैवाहिक बन्धनमा बाँधिएकी थिइन्। बिहेपछि उनी अमेरिकामा श्रीमान्सँगै बस्दै आइरहेकी छिन्।
‘अन्तराल’ बाट सिनेक्षेत्रममा डेब्यु गरेकी उनले नेवारी भाषाको फिल्म ‘लाखे आजु’ खेलेकी थिइन्। मेला, अर्धकट्टी, तोरी लाउरे, लभ यु बाबा, बाटो मुनीको फुल २, संरक्षण लगायतका एक दर्जन फिल्ममा देखिसकेकी छिन्।
थुप्रै म्युजिक भिडिओ समेत खेलेकी उनलाई फिल्म ‘अर्धकट्टी’को ‘फिगर कोकाकोला’ दर्शकमाझ चिनाएको थियो।
Shares

प्रतिक्रिया