राजनीति


संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १२:३०, काठमाडौँ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकहरूसँग छलफल जारी छ। 

सिंहदरबारमा जारी बैठकमा विधेयकमा दफाबार छलफल अघि बढाउने विषयमा छलफल भइरहेको सचिवालयले बताएको छ। 

त्यस्तै, संसद्‌को आगामी अधिवेशनमा बिजनेस अभाव नहोस् भनेर सभामुखले छलफल गरेका हुन्। 

अधिवेशन नभएको अवस्थामा सांसदहरू उपत्यकाबाहिर हुने र समितिको बैठकमा गणपूरक संख्या (कोरम) पुर्‍याउन पनि कठिन भएको गुनासो सम्बन्धित समितिका सभापतिहरूले सभामुखसँग गरेका छन्।

त्यसैले आज सभामुखले विधेयक दफाबार छलफलका क्रममा रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरूसहित प्रमुख दलका प्रमुख सचेतकहरू पनि उपस्थित छन्।

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायत उपस्थित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad