अक्षय कुमार स्टारर बलिउड फिल्म ‘खेल खेल मे’ ओटीटीमा हिट भएको छ। बक्सअफिसमा फ्लप यस फिल्मलाई नेटफ्लिक्समा भने रुचाइएको छ।
हालै यो फिल्म सिनेमा हलमा रिलिज गरिएको थियो। तर, दर्शकहरुको खासै साथ पाउन सकेन। १०० करोड बजेटमा बनेको यस फिल्मले भारतभर जम्मा ३९.२९ करोड भारतीय रुपैयाँ कमाएको थियो।
तर, ओटीटी प्लेटफर्म नेटफ्लिक्समा स्ट्रिमिङ भएको यो फिल्म ट्रेन्ड गरिरहेको छ। यो फिल्म इन्डियाको शीर्ष १० सूचीमा छ। यस फिल्ममा अक्षयसहित तापसी पन्नु, वाणी कपुर, फरदीज खान, एमी विर्क, प्रज्ञा जैसवाल र आदित्य सिलको अभिनय छ।
यो फिल्म ओटीटीमा मात्रै नभई एक्स ट्विटरमा पनि ट्रेन्डिङमा छ। दर्शकहरुले फिल्मको तारिफ गरिरहेका छन्।
यस फिल्मको कथा तीन जोडी (अक्षय-वाणी, एमी-तापसी र आदित्य-प्रज्ञा र एक साथी (फरदीन खान) वरिपरि बुनिएको छ।
Shares

प्रतिक्रिया