ad ad

कला


साहित्य महोत्सव आयोजकको पीडा: ‘कार्यक्रम सकिएपछि हेल्मेट लगाएर हिँड्नपर्छ’

साहित्य महोत्सव आयोजकको पीडा: ‘कार्यक्रम सकिएपछि हेल्मेट लगाएर हिँड्नपर्छ’

नेपालखबर
भदौ २३, २०८१ आइतबार १२:५२, काठमाडौँ

साहित्यिक महोत्सवका लागि आर्थिक अभाव झेल्नुपरेको आयोजकले बताएका छन्।

तेस्रो काठमाडौँ-कलिङ साहित्य महोत्सवअन्तर्गत ‘साहित्यिक महोत्सवको आवश्यकता र महत्त्व’ शीर्षकमा बोल्दै आयोजकहरूले महोत्सव गर्दाको दौडधुप र आर्थिक अभावको विषयमा अनुभव बाँडेका हुन्। 

इलाम साहित्य महोत्सवका आयोजक प्रकाश थाङ्सुुहाङले साहित्यिक महोत्सव सञ्चालन गर्न आवश्यक पैसाको अभाव हुने गरेको बताए। 

आर्थिक सहयोग संकलन गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘ कार्यक्रम सकिएपछि नयाँ नम्बरबाट फोन आयो भने उठाउन पनि डर लाग्छ, कसैले चिन्छ भनेर हेलमेट लगाएर हिँड्नपर्छ।’ 

जनकपुर साहित्यक महोत्सवका आयोजक अमित कुमार शाहले अहिलेसम्म पाँचौँ संस्करण सम्पन्न गरे। तर महोत्सवमा आर्थिक सहयोगका लागि सम्झौता भए पनि सहयोग नपाएको अनुभव सुनाए।

शाहले भने, ‘महोत्सव गर्ने बेलामा आर्थिक सहयोगको सम्झौता हुन्छ तर पैसा उठाउन भने समस्या नै हुने गरेको छ। सम्झौताअनुसार सहयोग पाउन सकेको छैन।’

साहित्यकार तथा लेखक शैलेन्द्र अधिकारीले साहित्यिक महोत्सवको मुख्य उद्देश्य पढ्ने संस्कृति विकास गर्नु रहेको बताए। उनले भने, ‘नेपाली साहित्य र अहिलेको जेन्जी पुस्ताबीच ठूलो खाडल छ, जेन्जीलाई साहित्य बुझाउनु नै महोत्वसको मुख्य उद्देश्य हुन्छ।’ 

महोत्सवले विद्यार्थीहरू सन्तुष्ट हुन नसकेको सुनाउँदै उनले ‘जेन्जी पुस्ता’को भाषामा नै साहित्य बुझाउन आवश्यक रहेको बताए। 

उक्त सत्रको सञ्चालन सञ्चारकर्मी राधिका अधिकारीले गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .