ad ad

कला


हिमालयन आर्ट फेस्टिभल सुरु

हिमालयन आर्ट फेस्टिभल सुरु

नेपालखबर
भदौ २३, २०८१ आइतबार १२:५३, काठमाडौँ

नेपालकै सबैभन्दा स्तरीय र बृहत् कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा आजदेखि सुरु भएको छ।

हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी २९ गतेसम्म चल्नेछ। 

ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दशैँको अवसर पारेर आयोजना गर्दै आइरहेको छ। ई–आर्टस नेपालका सह—संस्थापक आशा डङ्गोलले नेपाली कलाकारहरुको समकालीन अवस्था र प्रोत्साहनका साथ सन् २०१७ देखि यो फेस्टिभलको आयोजना गर्दै आइरहेको बताइन्। 

करिब १५० भन्दा बढी कलाकारहरुले आफ्नो कला प्रदर्शनीमा राखेका छन्।

सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट सुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए।

त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरु थपिँदै लगिएको छ। 

अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ। नेपाली वरिष्ठ कलाकारहरुदेखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिएको छ।

कलाकारहरु कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, भाइराज मर्हजन, प्रमिला बज्राचार्य, बिनोद प्रधान, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, सरिता डंगोल आदिदेखि हालका युवा कलाकारहरुमा इशान परियार, सविता डंगोल, सुजन डंगोल, लगायत करिब १५० जना कलाकारहरुको कलाकृति एउटै थलोमा हेर्न सकिनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .