ad ad

कला


कार्तिक १५ गते प्रदीपको ‘एक्टर’ सँग भिड्दै पल अभिनित फिल्म ‘मायाबी’

कार्तिक १५ गते प्रदीपको ‘एक्टर’ सँग भिड्दै पल अभिनित फिल्म ‘मायाबी’

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १७:३२, काठमाडौँ

यतिखेर निर्देशक दिवाकर भट्टराई फिल्म ‘नरसिंहाः अवतार’ का कारण चर्चामा छन्। किनकी यसै फिल्मबाट महानायक राजेश हमालले ८ वर्षपछि कमब्याक गर्दैछन्। 

यसैबीच, दिवाकर निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी कार्तिक १५ गतेबाट रिलिज हुने पक्का भएको हो। 

निर्देशक भट्टराईले एक पोस्टर सार्वजनिक गर्दै लक्ष्मीपूजाको अवसरमा फिल्म रिलिज हुने फेसबुकमार्फत जानकारी दिए। यस फिल्ममा पल शाहसहित दीपिका प्रसाई, करिश्मा श्रेष्ठ, सुशील सिटौला मुख्य भूमिकामा छन्। 

योसँगै पल अभिनित फिल्म प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’ सँग भिड्ने पक्का भएको छ। यस फिल्मले पनि सोहि दिनमा रिलिज डेट फिक्स गरिसकेको छ। 

पल र प्रदीप गत वैशाखमा रिलिज भएको फिल्म ‘पुजार सार्की’ मा एकसाथ देखिएका थिए। योसँगै यसपालीको बक्सअफिसमा पल र प्रदीपबीचको भिडन्त रोचक हुने देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .