ad ad

कला


चर्चित साउथ स्टार मोहनलालको स्वास्थ्यमा समस्या

चर्चित साउथ स्टार मोहनलालको स्वास्थ्यमा समस्या

नेपालखबर
भदौ ३, २०८१ सोमबार १५:३५, काठमाडौँ

चर्चित दक्षिण भारतीय अभिनेता मोहनलालको स्वास्थ्यमा समस्या आएको छ। दृश्यम–फुटबल र देवदूतम जस्ता फिल्म खेलिसकेका मोहनलालको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ।

रिपोर्टका अनुसार ६४ वर्षीय मलयालम अभिनेतालाई केही दिनदेखि सास फेर्न समस्या भएको थियो, त्यसपछि उनलाई तुरुन्तै कोच्चिको अस्पतालमा लगिएको थियो। त्यहाँ उनको उपचार गरिएको थियो।

यो खबर सुनेपछि उनका फ्यानहरु निकै चिन्तित भएका छन्। उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालले एक विज्ञप्ति जारी गरी अभिनेताको स्वास्थ्यको बारेमा जानकारी दिएको छ। अमृता अस्पतालले एक आधिकारिक विज्ञप्ति जारी गर्दै उनलाई ‘भाइरल रेस्पिरेटरी इन्फेक्सन’ भएको उल्लेख गरेको छ।

‘भाइरल रेस्पिरेटरी इन्फेक्सन’ ६४ वर्षीय मोहनलालको परीक्षण गरिएको छ। उहाँलाई उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र मांसपेशी दुख्ने, भाइरल श्वासप्रश्वासको सङ्क्रमणको लक्षण रहेको छ’ विज्ञप्तिमा जनाइएको छ।

उनलाई पाँच दिनसम्म भीडभाड भएको ठाउँमा नजान र आराम गर्न भनिएको छ। उनी घरमै छन् वा अझै अस्पतालमा भर्ना छन् भन्नेबारे केही खुलाइएको छैन ।

मलयालम सुपरस्टार मोहनलालले आजसम्म आफ्नो अभिनयले फ्यानहरूको मन जितेका छन्, तर अब उनी आफ्नो काँधमा अर्को जिम्मेवारी लिन तयार छन्।

मोहनलाल फिल्म ‘ब्यारोज’ बाट निर्देशनको डेब्यु गर्दैछन्।

सन् २०१९ मा उनले आफ्नो फिल्म घोषणा गरेका थिए, जुन यही वर्ष ३ अक्टोबर २०२४ मा सिनेमाघरमा रिलिज हुँदैछ।

चलचित्र निर्देशनसँगै उनले अभिनय पनि गरिरहेकी छन्। यसका साथै उनले आफ्नो फिल्म ‘एल२स् इम्पुरान’ को सुटिङ पनि पूरा गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .