ad ad

कला


‘कङ्गारु’को मुख्य भूमिकामा देखिँदै स्वस्तिमा खड्का

‘कङ्गारु’को मुख्य भूमिकामा देखिँदै स्वस्तिमा खड्का

नेपालखबर
भदौ ३, २०८१ सोमबार १५:३२, काठमाडौँ

फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो।

सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन्। राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा स्वस्तिमाको प्रवेशसँगै कलाकारहरुको लानअप बलियो बनेको छ ।

कागजी सम्झौता गरेसँग स्वस्तिमाले यो फिल्ममा काम गर्न आफू निकै उत्साहित भएको बताएकी छन्।

यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए। नायिका फाइनल गरेसँगै अब केही महिनामै छायांकनमा जाने तयारी रहेको निर्देशक बस्नेतले जानकारी दिए।

३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरा लगाएतका क्षेत्रमा गरिने उनको भनाइ छ। सीमा गुरुङको कथा रहेको फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन्।

फिल्म ‘कङ्गारु’मा केही फरक कथा भन्न मन लागेको निर्देशक बस्नेतको भनाइ छ। ‘स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाइयो, केही फरक कथा भन्न मन लागेको छ, कंगारुका लागि हामीले घोषणा गरेर पनि समय लगाएका छौं। यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ,’ उनले भने।

यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रुपमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .