कला


गायन रियालिटी शो नेपाल स्टारको प्रायोजकमा वाइवाइ

गायन रियालिटी शो नेपाल स्टारको प्रायोजकमा वाइवाइ

नेपालखबर
फागुन ११, २०७६ आइतबार १२:२५,

नेपाली मौलिक गायन रियालिटी शो ‘नेपाल स्टार’ र वाइवाइबीच प्रायोजन सम्झौता भएको छ। नेपाल टेलिभिजनले उत्पादन गर्न लागेको रियालिटी शो नेपाल स्टार वाइवाइबीच आइतबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपाल टेलिभिजनका लािग कि एडभरटिजमेन्ट र वाइवाइका तर्फबाट चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। रियालिटी शोमा आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको भूमिकामा रहनेछन्।

Image

अर्का निर्णायक आलोक श्रीले नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहनपाएकोमा खुसी व्यक्त गरे। उनले सातवटै प्रदेश र काठमाडौंमा गरी ८ स्थानबाट लिइएको पहिलो चरणको अडिसन सकिएको समेत जानकारी दिए। अर्को अडिसन राउण्डमा जाँदा धेरै चुनौतीहरु रहेको उनले बताए।

नेपाली संगीतमा टेवा पु¥याउने खालको कलाकार खोज्ने आशा आफूहरुले गरेको उनको भनाइ छ।

निर्णायक रामकृष्ण ढकालले आफूले करियर सुरु गर्दा नेपालमा यस्ता रियालिटी शोहरु नहुँदा धेरै संघर्ष गर्नुपरेको उल्लेख गरे। आफैँले संघर्ष गरेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिलेको पिँढीलाई प्रविधि र बजारले केही सहज बनाएको बताए।

नेपाल स्टार नेपाली प्रतिभाहरुका लागि बनाइएको कार्यक्रम भएको उल्लेख गर्दै उनले हिजो एक्लै हिँड्दा वर्षौँवर्ष संघर्ष गर्नुपरेको तर अहिले एक वर्षमा प्रतिभावान कलाकारलाई स्टार बनाउने दाबी गरे।

अर्का निर्णायक अन्जु पन्तले आफूहरु राम्रो प्रतिभाको खोजीमा रहेको बताए। नेपालमा राम्रो आवाज भएका प्रतिभाहरु रहेकोले रियालिटी शो नेपाल स्टार उनीहरुको आशलाग्दो प्लेटफर्म रहेको उनको भनाइ छ।

रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको छ। उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार प्रदान गरिने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले बताए। उत्कृष्ट चार जनाले नै जनही ५ लाख र टाइटल विजेताले थप ३० लाख पुरस्कार पाउने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad