ad ad

कारोबार


सुबिसुको १००जी अप्टिकल नेटवर्क विस्तार

सुबिसुको १००जी अप्टिकल नेटवर्क विस्तार

नेपालखबर
फागुन ११, २०७६ आइतबार १२:१५,

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले १००जी अप्टििकल नेटवर्क बिस्तार गरेको छ। यसका लागि कम्पनीले नोकियासँग सहकार्य गरेको हो। समयको माग र ग्राहकहरुलाई उच्चतम सेवा प्रदान गर्नका निमित्त सुबिसुले आफ्नो सेवा १०० जि मा बिस्तार गरेको कम्पनीले जनाएको छ।

यसबाट उपभोक्ताले आफ्नो ‘ब्याण्डविथ १ जीबीपीएस’सम्म विस्तार गर्न सक्नेछन्। यसको थालनीसँगै उपभोक्ताले हाई स्पिड इन्टरनेट र हाई डिफाइनेसन इन्टरनेट प्रोटोकल टेलिभिजन आईपीटीभीको सेवा लिन सक्नेछन्।

यसकार्यले नेपाल सरकारको ‘डिजिटल नेपालको’ कार्यक्रमलाई सेवा पु-याई उच्चतम प्रविधिको प्रयोगद्घारा सम्पूर्ण देशलाई नै सामाजिक एवम् आर्थिक विकास तिर अग्रसर गराउन टेवा पुर्याउने विश्वास लिइएको छ।

देशको ११ वटा स्थानमा नोकियाको १८३० फोटोनिक सर्विस स्विच (पीपीएस), डेन्स वाभेलेन्थ डिभिजन मल्टिप्लेजिङ (डीडब्लुडीएम) राखिएको छ। यसबाट ग्राहकको उच्चतम र गुणस्तरीय सेवाको मागलाई पुर्ती गर्नु सँगैसँगै सुबिसुले १०० जी सर्विस प्रदान गर्न सक्नेछ। नोकियाका बिनिस बावाले यसबाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको सञ्चार प्रबिधिको क्षेत्रमा यो महत्तवपुर्ण कदम रहेको बताएका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउद भन्छन्, ‘१०० जि नेटवर्कको थालनी सँगै कम्पनीले ग्राहकहरुलाई नबिनतम, उच्चस्तरीय तथा गुणस्तरीय सेवा प्रदान गर्ने छ र वहाँहरुको बदलिँदो र बढ्दो मागलाई सम्बोधन गर्ने छ।’

आफ्ना ग्राहकहरुलाई गुणस्तरीय तथा उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुबिसुले यस कदमबाट सम्पूर्ण ग्राहक एवं व्यावसायले राम्रो प्रतिफल प्राप्त गर्ने विश्वास लिएको जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .