अमेरिकामा बसेर नेपाली गीत संगीतमा क्रियाशील प्रतिभाशाली नवगायक आशिष पोख्रेलले आफ्नो पहिलो अफिसिएल म्युजिक भिडियो ‘के गरौँ भन’ सार्वजनिक गरेका छन।
‘के गरौ भन’ लोक आधुनिक शैलीको गीत हो। गीतमा स्वर आशिष पोख्रेलको छ भने, शब्द र संगीत उमेश राज खड्काको रहेको छ। उमेश राज खड्का गायक पोख्रेलका सांगीतिक गुरुसमेत हुन्। यो गीतलाई बिक्रम कार्कीले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा आर्जु बैजु, आशिष पोख्रेल, बसन्त अधिकारी र देव राज सापकोटाको अभिनय रहेको छ। गीतको छायांकन संकल भुजेलले गरेका हुन् भने भिडियो सम्पादन राम चौधरीले गरेका हुन्। म्युजिक भिडियोमा मिलन बिकको कोरियोग्राफी रहेको छ। शिशिर खातीको निर्देशनमा भिडियो तयार भएको हो। भिडियो गायक पोख्रेलको अफिसिएल युट्युव च्यानल मार्फत सावजनिक गरिएको छ।
यसअघि गायक पोख्रेलले ‘म गुनगुनाउछु’ र ‘सायद यसरी’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिसकेका छन्। लोक आधुनिक, पप र रक गीत गाउन सक्ने पोख्रेल गायकसँगै, गीतकार र संगीतकार समेत हुन्। उनको शब्द, संगीत र स्वरमा रहेको फरक खालको गीत ‘३६ घण्टा’ रिलिजको तयारीमा छ। ‘के गरौ भन’ गीत बाट दर्शक, स्रोता र मिडिया हाउसको सकारात्मक प्रतिक्रियाको अपेक्षा गायक पोख्रेलले राखेका छन्।
Shares

प्रतिक्रिया