कारोबार


बिल गेट्सले किने साढे ६४ करोड डलरको ‘सुपरयाट’, ०२४ पछि तयार हुने

बिल गेट्सले किने साढे ६४ करोड डलरको ‘सुपरयाट’, ०२४ पछि तयार हुने

नेपालखबर
माघ २६, २०७६ आइतबार ९:४,

विश्वका दोस्रो ठूला धनाढ्य बिल गेट्सले साढे ६४ करोड डलरको सुपरयाट खरिद गरेका छन्। अहिले खरिद गरेको सुपरयाट सन् २०२४ मा मात्रै पूर्ण तयार हुनेछ। यसकाे नाम एक्वा दिइएकाे छ। 

मिडियाहरुका अनुसार लिक्विड हाइड्रोजन पावरयुक्त उक्त सपुरयाट अत्याधुनिक प्रविधियुक्त रहेको छ भने यसले पानीमात्रै उत्सर्जन गर्ने बताइएको छ।

गत वर्षको मोनाको याट शोमा अनावरण गरिएको उक्त सुपरयाट योजना खरिद गर्न उनले उक्त रकम तिरेको डेली मेलले जनाएको छ। अत्यन्तै विलासी सुपरयाट ३ सय ७० फिट लामो छ भने १४ जना अतिथि, ३१ जना क्रु सदस्य अट्ने पाँचवटा डेकयुक्त छ। सुपरयाटमा जिम, योग स्टुडियो, सौन्दर्य रुम, मसाज पार्लर र क्यास्केडिङ पुलको सुविधा छ।

bill gates super yacht

तरल हाइड्रोजनले शक्ति दिने सुपरयाटमा दुईवटा २८ टन भ्याकुम सिलयुक्त ट्यांक रहेका छन्। यसलाई असाधारण विशेषता मानिएको छ। ६४ वर्षका गेट्स विदा मनाउन सुपरयाट प्रयोग गर्छन्। यस्तो सुपरयाट खरिद गरेको भने पहिलो भएको बताइएको छ।

विशेष किसिमको हाइड्रोजन इन्धन सेलले विद्युत् शक्ति प्रवाह गर्छ भने यसले पानी मात्रै उत्सर्जन गर्छ। जसका कारण समुद्रमा प्रदूषण नहुने बताइएको छ। एकपटकको इन्धनले ३ हजार ७ सय ५० माइल यात्रा गर्न सकिने बताइएको छ। यो भनेको न्युयोर्कबाट बेलायतको साउथह्याम्प्टन गएजतिको दूरी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad