ad ad

कला


अग्रिम बुकिङमा शाहरुखको ‘डंकी’भन्दा प्रभास स्टारर ‘सलार’ बलियो

अग्रिम बुकिङमा शाहरुखको ‘डंकी’भन्दा प्रभास स्टारर ‘सलार’ बलियो

नेपालखबर
पुस ४, २०८० बुधबार १२:५३, काठमाडौँ

यो साता बक्सअफिसमा ठूलो भिडन्त हुँदैछ। २१ डिसेम्बरबाट शाहरुख स्टारर बलिउड फिल्म ‘डंकी’ आउँदैछ। 

त्यसको भोलिपल्ट प्रभास अभिनित दक्षिण भारतीय फिल्म ‘सलार’ रिलिज हुँदैछ। यी दुवै फिल्मको अग्रिम बुकिङसमेत खुलिसकेको छ।

अग्रिम बुकिङको मामिलामा प्रभासले शाहरुखलाई पछि पारेका छन्। डंकीभन्दा प्रभासको सलारले अग्रिम बुकिङबाट २ करोड ४ लाख भारतीय रुपैयाँ बढी कमाएको छ।

दक्षिण भारतीय फिल्म सलारले एडभान्स बुकिङमा जम्मा १२ करोड ६७ लाख भारु कमाएको छ। यस फिल्मका ६ हजार ४३९ शोबाट ५ लाख ७७ हजार ४०६ टिकट बिक्री भइसकेका छन्। 

त्यसैगरि, डंकीको पनि १२ हजार ६०८ शोबाट ३ लाख ६० हजार ५०८ टिकट सोल्डआउट भइसकेका छन्। जसबाट एडभान्स बुकिङको जम्मा कमाई १० करोड २६ लाख भारु हुन्छ। 

‘सलार’ तेलुगु भाषाको फिल्म भएकाले साउथमा यसको क्रेज निकै छ। तेलुगु भाषामा मात्रै सलारका ३ लाख ८२ हजार ६१७ टिकट बिकेका छन्। 

जसबाट ८ करोड ७८ लाख कलेक्सन भइसकेको छ। त्यसैगरि, हिन्दी भाषाबाट सलारले १ करोड ७४ लाख कमाई गरिसकेको छ। 

एक करोड २ लाख भारु बराबरको मलयालमबाट ९७८ शोबाट ८७ हजार २७७ टिकट बिक्री भएको छ। 

त्यसैगरि, राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ लाई लिएर महाराष्ट्रका दर्शकहरू निकै उत्साहित छन्। 

जहाँ ओपनिङ डे का लागि डंकीले अग्रिम टिकट बिक्रीबाट १ करोड ७४ लाख कमाई गरिसकेको छ। दिल्लीमा १ करोड ५५ लाख र पश्चिम बंगालमा १ करोड २२ लाख करोड कलेक्सन गरिसकेको छ। 

यसैबीच, डंकीको टिमले वितरकलाई सलारसँग स्क्रिन सेयर गर्न नचाहेको खबर पनि आएको छ। प्रत्येक थिएटरबाट ४ शो चाहन्छ डंकी टिम।

 तर, भनेजति शो नपाउँदा डंकीलाई हिन्दीबाहेका भाषामा रिलिज गरिनेछैन। शाहरुखका अघिल्ला फिल्म ‘पठान’ र ‘जवान’ जस्तै डंकीलाई सबै भाषामा रिलिज गरिनेछैन। जबकि ‘सलार’ तेलुगुसहित तमिल, हिन्दी, मलयालम र कन्नडमा रिलिज हुँदैछ।

‘सलार’ लाई केजीएफ फेम्ड प्रशान्त नीलको लेखन तथा निर्देशन रहेको छ। फिल्ममा प्रभासको साथै पृथ्वीराज सुकुमारन, टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।

फिल्म डंकी सन् २०२३ मा रिलिज हुने शाहरुखको तेस्रो फिल्म हो। यसअघि उनका दुवै फिल्म पठान र जवान ब्लकबस्टर सावित भएका हुन्। राजकुमार हिरानीको रेकर्ड हेर्दा उनी निर्देशित सबै फिल्म हिट छन्। जसकारण ‘डंकी’ पनि हिट हुने अपेक्षा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .