ad ad

ग्लोबल


युद्धविराम वार्ताका लागि इजिप्ट जाँदै हमास प्रमुख

युद्धविराम वार्ताका लागि इजिप्ट जाँदै हमास प्रमुख

फाइल तस्बिर


रासस/एएफपी
पुस ४, २०८० बुधबार १३:९, गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र)

गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जाने भएका छन्। 

इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामका लागि सहमत हुन इच्छुक रहेको बताएपछि उनको इजिप्ट यात्राबारे जानकारी आएको हो। 

संयुक्त राष्ट्रसङ्घले युद्धविरामको आह्वानमा मतदान गर्न लागेकाले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रमा सहायता बढाउन सक्ने नयाँ युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ। 

गाजापट्टीमा इजरायली आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको हमासको स्रोतले बुधबार जनाएको छ। 

कतारस्थित हमासका नेता इस्माइल हनियाहले इजिप्टका गुप्तचर प्रमुख र अन्यसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाइका लागि सम्झौता तयार गर्न’ वार्ता गर्न ‘उच्चस्तरीय’ प्रतिनिधिमण्डलको नेतृत्व गर्ने अपेक्षा गरिएको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ। 

इजरायली नेताहरूले गाजामा बन्धक बनाइएका १२९ जना बन्धकको रिहाइका लागि बढ्दो मागहरूको सामना गरिरहेका छन् र मङ्गलबार उनले हमाससँग वार्ताको टेबुलमा फर्कने सङ्केत दिएका छन्।

इजरायली राष्ट्रपति इसाक हर्जोगले आफ्नो देश बन्धकहरूको रिहाइका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको बताएका छन्। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना गुप्तचर प्रमुखलाई ‘हाम्रा बन्धकहरूलाई मुक्त गर्न’ दुईपटक युरोप भ्रमणमा पठाएको बताएका छन्। 

यसैबीच प्यालेस्टिनी लडाकू समूह इस्लामिक जिहादले मङ्गलबार भिडियो फुटेज सार्वजनिक गर्दै गाजामा आफ्नो हिरासतमा रहेका दुई जना बन्धकलाई जीवितै देखाइएको दाबी गरेको छ। 

गत अक्टोबर ७ मा गाजाबाट हमासका लडाकुहरू बाहिर निस्केपछि युद्ध सुरु भएको र इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको इजरायली तथ्याङ्कले देखाएको छ।

गाजाको हमासको नेतृत्वमा रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले १९ हजार ६६७ जनाको ज्यान गएको र त्यसमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .