कला


मदनकृष्ण श्रेष्ठको बायोपिक बन्ने, मुख्य भूमिकामा महेश त्रिपाठी

मदनकृष्ण श्रेष्ठको बायोपिक बन्ने, मुख्य भूमिकामा महेश त्रिपाठी

नेपालखबर
असार ८, २०८३ सोमबार १६:२८, काठमाडौँ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित फिल्म बन्ने भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच फिल्मको औपचारिक घोषणा गरिएको हो। उक्त फिल्मको शीर्षक ‘मदनकृष्ण’राखिएको छ। 

निर्देशक मिलन चाम्सले फिल्मलाई निर्देशन गर्नेछन्। फिल्ममा अभिनेता महेश त्रिपाठी मदनकृष्णको भूमिकामा देखिनेछन्। यस्तै, अभिनेत्री केकी अधिकारीको पनि मुख्य भूमिका रहनेछ। उनी मदनकृष्णकी श्रीमती यसोधाको भूमिकामा देख्न पाइनेछ। 

साथै फिल्ममा हरिवंश आचार्य, देशभक्त खनाल, किरण केसी, राजाराम पौडेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय हुनेछ। 

निर्माता राजकुमार श्रेष्ठ रहेको फिल्ममा कथा तथा पटकथा यम थापाको रहेनेछ। चलचित्रको छायांकन भदौ महिनादेखि सुरु गरिने बताइएको छ।

नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा दशकौँदेखि अतुलनीय योगदान पुर्‍याउँदै आएका मदनकृष्ण श्रेष्ठको जीवनयात्रामा आधारित चलचित्र भएकाले विशेष चासोका साथ हेरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad