चलचित्र विकास बोर्डले पछिल्ला फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ।
रिपोर्टअनुसार ‘लालीबजार’ ले नौ करोड २८ लाख १४ हजार ५०५ रूपैयाँ ग्रस कमाइ गरेको छ। गत वैशाख २५ गते रिलिज भएको यस फिल्मको गत आइतबारसम्मको कमाइ हो। यो फिल्मलाई तीन लाख १५ हजार ७२४ जनाले हेरेका छन्।
गत जेठ १५ गते रिलिज भएको ‘रोल नम्बर १’ ले एक करोड ५५ लाख ४६ हजार ६६८ रूपैयाँ ग्रस कमाएको छ। यस फिल्मका ५७ हजार १३२ वटा टिकट बिक्री भएका छन्।
‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको लगानी रहेको यस फिल्मले शैक्षिक विषयवस्तुलाई उठान गरेको छ। जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एलवनराज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। फिल्मको बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।
‘कुम्भ’ को भने व्यापार राम्रो हुन सकेको छैन। यस फिल्मले चार लाख २५ हजार ८८५ रूपैयाँ ग्रस कमाएको छ। गत जेठ १५ गते रिलिज भएको फिल्मका एक हजार ८१५ वटा टिकट बिक्री भएका छन्।
Shares

प्रतिक्रिया