कला


‘एनिमल’ ले ३५६ करोड भारु कमाउँदा  ‘नेपोलियन’ र ‘हंगर गेम्स’ ग्लोबल चार्टमा पछि परे

‘एनिमल’ ले ३५६ करोड भारु कमाउँदा  ‘नेपोलियन’ र ‘हंगर गेम्स’ ग्लोबल चार्टमा पछि परे

नेपालखबर
मंसिर १८, २०८० सोमबार १३:२६, काठमाडौँ

रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ ले बक्सअफिसमा कमाल गरिरहेको छ। 

तेस्रो दिन फिल्मले भारतभर ७५ करोड भारतीय रुपैयाँ कमाउँदै नयाँ रेकर्ड बनाएको छ। 

पहिलो विकेन्डमा फिल्मले विश्वभर ३५५ करोड भारुको आकंडा पार गरेको छ। 

तीन दिनको अवधिमा घरेलु बक्सअफिसमा २०२ करोड भारु बढी कलेक्सन गरेर यसवर्षको दोस्रो ठूलो फिल्म ‘पठान’ को किर्तिमान तोडेको छ। 

त्यसैगरि, ग्लोबल बक्सअफिसमा ४२।१७ मिलियन कमाउँदै फिल्म शीर्ष स्थानमा छ। एनिमलले हंगर गेम र नेपोलियनजस्ता फिल्मलाई पछि पार्दै ग्लोबल बक्सअफिस शीर्ष स्थानमा हुने पहिलो भारतीय फिल्म बनेको छ। हलिउड फिल्म ‘नेपोलियम’ ले ३५ मिलियन डलर र ‘हंगर गेम’ को कमाई २९ मिलियन डलर छ।

रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन् जसमध्ये ११ फिल्म फ्लप र ९ हिट छन्। करियरको हिसाबले रणवीरका लागि ‘एमिमल’ धेरै महत्त्वपूर्ण छ। यस फिल्ममा रणवीर एक एंग्री यंग म्यानको भूमिकामा छन्, जुन उनको लभर केटाको छविभन्दा फरक छ। 

रणवीरले आफूलाई एनिमलका लागि पूर्णरूपमा परिवर्तन गरेका छन्। रणवीरको यो यस फिल्मले पहिलो दिनमै विश्वभर ११६ करोड कमाएको थियो। यो कलेक्शनसँगै रणवीरले आफ्ना अघिल्ला सबै फिल्मको कीर्तिमान तोडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .