ad ad

कला


प्रभासको क्रेज : रिलिजको एक महिनाअघि नै ‘सलार’ को १० हजार टिकट बिक्री

प्रभासको क्रेज : रिलिजको एक महिनाअघि नै ‘सलार’ को १० हजार टिकट बिक्री

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १५:४३, काठमाडौँ

भारतमा डिसेम्बर महिना सिनेमाप्रेमीका लागि निकै विशेष हुँदैछ। किनकी डिसेम्बरको सुरुआती दिन बलिउड फिल्म ‘एनिमल’ र ‘सामबहादुर’ रिलिज हुँदैछन्। डिसेम्बरको अन्त्यमा भने शाहरुख खान स्टारर ‘डंकी’ र  प्रभासको ‘सलार’ बक्सअफिसमा भिड्दैछन्।

प्रभास स्टारर फिल्म ‘सलार : पार्ट १- सीज फायर’ न ट्रेलर सार्वजनिक गरिएको छ न त फिल्म टिम प्रचार-प्रसारमा लागेको छ। तर, प्रभासको फिल्म हेर्नका लागि फ्यानमा ठूलो क्रेज देखिन्छ।

भारतमा फिल्मको अग्रिम बुकिङ खुलेको छैन तर अमेरिकामा भने बुकिङले सुखद् संकेत देखाएको छ। सार्वजनिक तथ्यांकअनुसार ‘सलार’ले अमेरिकामा दुई करोड भारुको आँकडा पार गरेको छ।

हालसम्म ‘सलार’ को करिब १० हजार टिकट बिक्री भइसकेको छ। ‘सलार’ ले तीन सय ६ स्थानबाट दुई करोड तीन लाख रुपैयाँ कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जुन ९ सय ३९ सो वापतको रकम हो।

प्रशान्त नीलको कथा, पटकथा र निर्देशन रहेको यो फिल्म २२ डिसेम्बरबाट रिलिज हुँदैछ। फिल्ममा प्रभास, टीनु आनन्द, पृथ्वीराज सुकुमारन, श्रुति हसन र जगपनि बाबुको पनि अभिनय छ। प्यान इण्डिया फिल्म ‘सलार’ तमिलसहित मलयालम, तेलुगु, कन्नड र हिन्दी भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .