सेयर बजारमा झिनो गिरावट आएको छ। आज सेयर बजार मापन परिसूचक नेप्से २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा झरेको हो।
नेप्सेमा सामान्य अंकको गिरावट आउँदा कारोबार समेत खुम्चिएको छ।
आज नेप्सेमा १ अर्ब २८ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ६९ करोडको कारोबार भएको थियो।
१०२ कम्पनीको सेयरमूल्य बढ्दा १२६ कम्पनीको घटेको छ। त्यसैगरी, ११ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
आज वुद्धभूमि हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशले बढेको छ। सोनापुर मिनिरल आयल कम्पनीको ८ करोड ४९ लाखको कारोबार भएको छ।
नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ५.३३ प्रतिशतले घटेको छ।
18
Shares
प्रतिक्रिया