ad ad

कला


शो र सेयर बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै निर्माण टोलीले रोक्यो ‘दिमाग खराब’को प्रदर्शन

शो र सेयर बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै निर्माण टोलीले रोक्यो ‘दिमाग खराब’को प्रदर्शन

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार ८:१३, काठमाडौँ

शो र सेयर बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै निर्माण टोलीले नेपाली चलचलित्र ‘दिमाग खराब’को प्रदर्शन रोकेको छ।

हल सञ्चालकसँग दुईवटा माग राखेर चलिचत्रका निर्माता र निर्देशकले प्रदर्शन रोकेका हुन्।

दिनप्रतिदिन दर्शकहरू बढिरहँदा पनि हलहरूले शो नदिएका कारण प्रदर्शन रोक्ने निर्णय गरिएको उनीहरूले उल्लेख गरेका छन्।

यस्तै उनीहरूले चलचित्र निर्माता र हल सञ्चालकबीच हुने सेयर बाँडफाँटप्रति पनि आपत्ति जनाएका छन्।

चलचित्र ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेल र निर्देशक निश्चल बस्नेतले सामूहिक रूपमा जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्याधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो। पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने सेयर बाँडफाँड ५०–५० प्रतिशत हुन्छ। तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५ प्रतिशत र प्रदर्शकलाई ६५ प्रतिशत सेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ। र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ।’ 

उनीहरूले आफूहरूका माग पूरा नभएसम्म चलचित्र प्रदर्शन रोक्ने अडान लिएका छन्। 

विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिँदैन र फिल्म प्रदर्शन भइरहुन्जेल बराबरी सेयर बाँडफाँड हुँदैन तबसम्मका लागि नेपालमा चलचित्र (दिमाग खराबको) प्रर्दशन रोक्ने निर्णय गरेका छौँ’, समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्ने छौँ नभए अरू कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराब दर्शकहरूलाई देखाउने छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ।’

हेर्नुहोस् विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .