ad ad

ग्लोबल


काश्मिर बस दुर्घटना : मृतकको संख्या ३९ पुग्यो, १७ घाइतेको उपचार जारी

काश्मिर बस दुर्घटना : मृतकको संख्या ३९ पुग्यो, १७ घाइतेको उपचार जारी

काश्मिरमा दुर्घटनामा परेको बस। तस्बिर : एएनआई


नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार ७:५६, काठमाडौँ

भारत नियन्त्रित जम्मु-काश्मिरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ। घाइते १७ जनाको अस्पतालमा उपचार भइरहेको छ।

डोडाका उपायुक्त हरविन्दर सिंहले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख प्रकट गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

कसरी भयो दुर्घटना?

डोडा जिल्लाका डीसी हरविन्दर सिंहका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि यो दुर्घटना भएको अनुमान गरिएको छ।

चालकले मोडमा बस राम्ररी घुमाउन नसकेका कारण बायाँ तर्फबाट बस निस्केर दाहिनेतर्फको खाल्डोमा खसेको उनको भनाइ छ। 

उनले दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .