निर्माता सन्तोष सेन र ‘प्रेमगीत’ एकअर्काका परिपूरकजस्तै लाग्छन्।
दर्शकले फिल्म ‘प्रेमगीत’ र सन्तोष सेनलाई एकैपटक सम्झछन्।
सन्तोषलाई ‘प्रेमगीत’ले नै ब्रान्डिङ गरेको हो।
सन्तोषले आफ्नो ब्रान्डिङ फिल्म छोडेर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्।
बक्स अफिसमा सफल ब्रान्ड छाडेर सेनले नयाँ फिल्म ‘बलिदान’ निर्माणको घोषणा गरेका हुन्। फिल्म तिहारपछि छायांकनमा जाने सेनले बताएका छन्।
सोसियो–पोलिटिकल ड्रामा जनरामा राखिएको फिल्मले राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा भन्ने सेनले बताए। मधेश आन्दोलन माथि टिजर छायांकनको काम भइरहेको पनि सेनले बताए।
सन्तोषले ‘बलिदान’ शीर्षकमा चलचित्र विकास बोर्डमा शीर्षक दर्ता गरिसकेका छन्। ६ करोड बजेटमा निर्माण हुने यो फिल्म मधेश प्रदेशका विभिन्न स्थानमा छायांकन हुने छ।
फिल्ममा अभिनय गर्ने कलाकार र निर्देशकका बारेमा केही दिनमा जानकारी दिइने सेनले बताए।
Shares
प्रतिक्रिया