ad ad

कला


काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण सुरु

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण सुरु

तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १२:४३, काठमाडौँ

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आजबाट सुरु भएको छ। तीन दिनसम्म चल्ने महोत्सव परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो।

महोत्सवमा उपस्थित दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमीलाई परराष्ट्रमन्त्री एनपी साउदले नेपाल सरकारको तर्फबाट स्वागत गरे।

उनले स्वागत मन्तव्यमा भने, ‘यो महोत्सवले सांस्कृतिक आदानप्रदानको मञ्चका रुपमा काम गर्ने र नेपालमा भएको यो महोत्सवले यहाँको सभ्यता, ज्ञान र संस्कृतिलाई संसारभरि फौलाउन मद्दत गर्नेछ।’

उनले महोत्सवको सफलताको शुभकामना दिँदै यस्तो प्रयासहरुको खाँचोलाई औँल्याए।

कलिङ साहित्यिक महोत्सवका सस्थापक निर्देशक रश्मी रञ्जन परिदाले भारत र नेपालबीचको सांस्कृतिक आदनप्रदान कुन समयदेखि सुरु भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए।

अर्का वक्ता नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुुलपति निशा शर्माले यस्तो महोत्सवले साहित्यलाई धेरै स्थान दिने गरेको तर नाटकलाई भने सोही अनुरुप महत्व नदिने धारणा राखिन्। आगामी श्रृंखलामा नाटक र संगीतलाई पनि महोत्सवमा समेट्न सुझाव दिइन्।

प्राध्यापक माधव प्रसाद पोखरेलले कलिङ क्षेत्र र काठमाडौं प्रागऐतिहासिक कालदेखि नै जोडिएको र यही भूमिले स्रमाट अशोकलाई बुद्ध धर्म अर्थात् ज्ञान र शब्दतर्फ डोर्याएको बताए।

यो महोत्सव दुई देश जोड्ने मञ्चका रुपमा स्थापित हुँदै गएको चर्चा महोत्सवकी नेपाल निर्देशक रन्जना निरौला, प्रोफेसर अवधेश प्रधान, डेब्रोयलगायत वक्ताले पनि गरेका थिए।

उद्घाटनकै अवसरमा नेपालको चर्या र कुमारी नृत्य पनि समावेश गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .