सर्वोच्च अदालतका प्रस्ताववित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।
संसदीय सुनुवाइ समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश शर्माको सुनुवाइका लागि उजुरी आह्वान गरेको हो।
उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा रहेका थिए।
सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाई प्रक्रिया शुरु pic.twitter.com/YzH9hgcYLy
गत भदौ १० गते बसेको न्याय परिषद् बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यही निर्णयअनुसार शर्मालाई संसदीय सुनुवाइका लागि न्याय परिषद्ले पत्र पठाएपछि उजुरी आह्वान गरिएको समितिका ज्येष्ठ सदस्य सभापति पशुपतिसमशेर राणाले बताए।
उनले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार तोकी मर्यादित भाषामा सूचना वा उजुरी दिन सरकारी सञ्चारमाध्याममार्फत सूचना प्रकाशित गर्न प्रश्ताव गर्न निर्देशन दिएका छन्।
१० दिनभित्र दिएको उजुरीमाथि छानबिन गरेपछि प्रस्तावित न्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

Shares

प्रतिक्रिया